आजदेखि पेट्रोलियम पदार्थको मूल्य कति ?

सफल खबर संवाददाता

सोमबार, २५ पुस २०७९, ०७ : ५१
आजदेखि पेट्रोलियम पदार्थको मूल्य कति ?

काठमाडौ । नेपाल आयल निगमले घटाएको पेट्रोलियम पदार्थको मूल्य गएरातिदेखि कार्यान्वयनमा आएको छ ।

निगम व्यवस्थापनले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर तीन रुपैयाँ घटाएको थियो ।  जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ कायम गरिएको छ । 

यस्तै हवाई इन्धन (आन्तरिक तर्फ) को खुद्रा बिक्री मूल्य २० रुपैयाँ घटाएर प्रतिलिटर १७० रुपैयाँ तथा हवाई इन्धन ९बाह्य तर्फ० को खुद्रा बिक्री मूल्य प्रतिकिलो लिटर अमेरिकी डलर २२५ ९करिब प्रति लिटर रु३०० ले घटाई अमेरिकी डलर १,४२० प्रति किलोलिटर कायम गरिएको छ । 

निगमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनबमोजिम मूल्य घटाएको जनाइएको छ ।