दार्चुलामा तुइनबाट खसेर बालक बेपत्ता

सफल खबर संवाददाता

शनिबार, २३ पुस २०७९, १९ : ४५
दार्चुलामा तुइनबाट खसेर बालक बेपत्ता

काठमाडौं । दार्चुलामा तुइनबाट खसेर दार्चुलाको ब्यास गाउँपालिका २ का ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएको केही समयपछि फेरि अर्काे घटना घटेको छ ।

ब्यास गाउँपालिका–४ डोकटस्थित कौनेणी तुइन तर्ने क्रममा बिहीबार एक बालक तुइनबाट खसेर बेपत्ता भएका हुन् ।तुइनबाट खसेर बालक बेपत्ता भएपछि खोजीकार्य भइरहेको छ । बालकसँगै उनकी आमा पनि तुइन चढेर बिहीबार बिहान भारततिर खर काट्न गएकी थिइन् ।

तर, आमाको पछि–पछि गएका छोरा तुइनबाट नदीमा खसेर बेपत्ता हुन पुगे । सञ्चार सेवाको समस्याका कारण घटना शनिबार मात्रै थाहा हुन आएको हो ।

प्रतिक्रिया दिनुहोस