मुम्बईमा ४७ करोडभन्दा बढीको लागुऔषध बरामद

एजेन्सी

शनिबार, २३ पुस २०७९, ०९ : ०४
मुम्बईमा ४७ करोडभन्दा बढीको लागुऔषध बरामद

एजेन्सी । मुम्बई एयरपोर्टमा दुई छुट्टाछुट्टै कारबाहीमा ४७ करोडभन्दा बढी मूल्यको लागुपदार्थ नियन्त्रण गरिएको छ।

छ किलोग्राम हेरोइन र कोकिन बरामद गरिएको भन्सार अधिकारीले शुक्रबार जानकारी दिएका छन्। हेरोइन कागजातको फोल्डर कभरमा लुकाइएको थियो भने कोकेन कपडाको बटनमा लगाइएको पाइएको छ।

दुई छुट्टाछुट्टै घटनामा ३१.२९ करोड मूल्यको ४ किलो ४७ ग्राम केजी हेरोइन र १५.९६ करोड मूल्यको १ केजी ५९६ ग्राम कोकिन बरामद गरिएको हो‍।

प्रतिक्रिया दिनुहोस