सिडिओहरूलाई गृहमन्त्रीको निर्देशन- शितलहर र प्रकोपबाट जनतालाई बचाउनू

सफल खबर संवाददाता

सोमबार, १८ पुस २०७९, ११ : ३२
सिडिओहरूलाई गृहमन्त्रीको निर्देशन- शितलहर र प्रकोपबाट जनतालाई बचाउनू

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले जनताको गुनासो नआउने ढंगले सेवा प्रवाह गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुलाई निर्देशन दिएका छन् ।

उनले शीतलहर, जाडो जस्ता प्राकृतिक प्रकोपबाट जनतालाई जोगाउने योजना बनाएर काम गर्न पनि निर्देशन दिए।‘विपदका समयमा प्रत्यक्ष उपस्थिति र प्रभावकारी सञ्चारले ठूलो महत्त्व राख्छ । शीतलहरबाट कुनै नागरिकले क्षति व्यहोर्नु नपरोस् भन्ने विषयलाई हृदयंगम गरी आवश्यक पूर्व तयारी एवं प्रतिकार्यका लागि तयार होऔं ।’ लामिछानेले भने । 

प्रतिक्रिया दिनुहोस