यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

आइतबार, १७ पुस २०७९, ०८ : १६
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०६ पैसा र बिक्री दर १३२ रुपैयाँ ६६ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १४० रुपैयाँ ७८ पैसा र बिक्री दर १४१ रुपैयाँ ४२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५८ रुपैयाँ ९१ पैसा र बिक्री दर १५९ रुपैयाँ ६३ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १६ पैसा र बिक्री दर ३६ रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस