पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज आइतबारदेखि सञ्चालनमा आउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान ११ बजे विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम छ ।
उद्घाटनका दिन आज हिमालय एयरलाइन्सले ‘डेमो’ उडान गर्नेछ । तर, अन्तर्राष्ट्रिय उडान फागुन दोस्रो सातापछि मात्रै खुल्ने नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।
खुसियालीमा आज पोखरा महानगरले सार्वजनिक बिदा घोषणा गरेको छ । पुरानो विमानस्थलदेखि ३ किलोमिटर पूर्व छिनेडाँडा क्षेत्रको २ सय हेक्टर क्षेत्रफलमा करिब २२ अर्बमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ पुस २०७९, ०८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिमकोट विमानस्थल चलायमान, एकै दिन १६४ उडान–अवतरण
ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई सेवा ठप्प
कतारमा इरानी मिसाइल आक्रमणको प्रभाव त्रिभुवन विमानस्थलमा देखियो
पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुला
भारतका २४ विमानस्थल नागरिक सेवाका लागि बन्द, मार्शल तैनाथ
भारतको उत्तरी राज्यका २१ विमानस्थल शनिबारसम्म बन्द रहने