काठमाडौं । नेपाल पत्रकार महासंघले सन् २०२२ मा डिजिटिल प्रविधिको माध्यमबाट सञ्चारमाध्यम र पत्रकारमाथि आक्रमण बढेको बताएको छ ।शनिबार एक विज्ञप्ति जारी गरी महासंघले डिजिटल माध्यमबाट भइरहेको प्रेस स्वतन्त्रतामाथिको आक्रमण नयाँ चुनौती देखिएको बताएको हो ।
महासचिव रोसन पुरीले विज्ञप्तिमार्फत भनेका छन्, ‘अनलाइन सञ्चारमाध्यमको सिएमएसमा अनधिकृत प्रवेश गर्ने, संगठित रूपमा अनफलो अभियान चलाउने, सामाजिक सञ्जालमार्फत विभिन्न प्रकारका धम्की दिने, सामाजिक सञ्जाललाई बन्द गर्न प्रयास गर्ने र विमुख बनाउने तथा ह्याक गर्ने काम भएको छ ।’
महासंघको अभिलेखमा सन् २०२२ मा प्रेस स्वतन्त्रता हननका ५३ वटा घटना भएका छन् । जसमा १३२ जना पुरुष, १८ जना महिला पत्रकार र ६ वटा संञ्चार संस्था प्रभावित भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ पुस २०७९, १९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पत्रकार र सञ्चार संस्थाहरूलाई जिम्मेवारीपूर्वक काम गर्न महासंघको अपिल
‘सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अपरिपक्व’ : पत्रकार महासंघ
पत्रकार महासंघको अग्रगामी निर्णय :अनलाइन टिभीलाई पनि पत्रकारिताकै रुपमा स्विकार, एआई बारे मौन
जिल्ला अदालत काठमाडौँको समाचार हटाउने आदेश पुनर्विचार गर्न पत्रकार महासंघको आग्रह