काठमाडौ । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक शनिबार बस्दैछ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठक बस्न लागेको हो । उक्त बैठकले पार्टीको सरकारमा सहभागिताबारे निर्णय लिने अपेक्षा गरिएको छ ।
यस्तै बैठकमा निर्वाचनको समीक्षा, विकसित राजनीतिक घटनाक्रममा पार्टीले निर्वाह गर्ने भूमिकाबारे समेत छलफल हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
नयाँ समीकरण बनेपछि अलमलमा रहेको एकीकृत समाजवादी पार्टीलाई माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले सरकारमा सहभागी हुन आग्रह गर्दै आएका छन् । समाजवादीले यसबारे बैठकमा गम्भीर छलफल र आवश्यक निर्णय गर्ने खतिवडाको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ पुस २०७९, ०८ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय समितिमा एकीकृत समाजवादीबाट ५५ नेता समेटिए (सूचीसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय