विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा उद्धव थापा विजयी भएका छन् । शुक्रबार बिहान सम्पन्न निर्वाचनमा थापा १८ मतका साथ विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी केदार कार्कीले ९ र अमृत अर्यालले जम्मा दुई मत पाए । सिटौला समुह भनिएका थापालाई देउवा समुहले समर्थन गरेको बुझिएको छ । देउवा समुहको बलियो नेता मानिएका अर्यालले लज्जास्पद मत पाउनुले केन्द्रिय नेतृत्व बाट थापालाईनै समर्थन रहेको देखिएको हो । थापा नेपाली काङ्ग्रेस प्रदेश १ सभापति समेत हुन् ।
संस्थापनइतर समुहबाट उम्मेदवारी दिएका कार्की यसअघिका प्रमुख सचेतक हुन् । आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका कार्की संसदीय दलको नेता बन्ने तयारीमा थिए । प्रदेश १ मा काङ्ग्रेसबाट प्रत्यक्ष र समानुपातिक गरि २९ जना प्रदेश सभा सदस्य छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ पुस २०७९, १२ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने काँग्रेसको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
काँग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
नेपाली कांग्रेस: चितवन– २ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस
पुस ११ भित्र नयाँ र नवीकरण गरेका क्रियाशील सदस्यताको विवरण पठाइसक्न काँग्रेसको परिपत्र