विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा उद्धव थापा विजयी भएका छन् । शुक्रबार बिहान सम्पन्न निर्वाचनमा थापा १८ मतका साथ विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी केदार कार्कीले ९ र अमृत अर्यालले जम्मा दुई मत पाए । सिटौला समुह भनिएका थापालाई देउवा समुहले समर्थन गरेको बुझिएको छ । देउवा समुहको बलियो नेता मानिएका अर्यालले लज्जास्पद मत पाउनुले केन्द्रिय नेतृत्व बाट थापालाईनै समर्थन रहेको देखिएको हो । थापा नेपाली काङ्ग्रेस प्रदेश १ सभापति समेत हुन् ।
संस्थापनइतर समुहबाट उम्मेदवारी दिएका कार्की यसअघिका प्रमुख सचेतक हुन् । आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका कार्की संसदीय दलको नेता बन्ने तयारीमा थिए । प्रदेश १ मा काङ्ग्रेसबाट प्रत्यक्ष र समानुपातिक गरि २९ जना प्रदेश सभा सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ पुस २०७९, १२ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?