काठमाडौं । नेकपा एमाले छाडेको साढे दुई महिनापछि प्रभु साहले आफ्नै नेतृत्वमा आम जनता पार्टी गठन गरेका छन्। काठमाडौंमा एक बैठक गर्दै उनले ५१ सदस्यी केन्द्रीय तदर्थ समिति गठन गरेका छन्। तदर्थ समितिको बैठकले प्रदेशका अध्यक्ष र इन्चार्ज पनि तोकेको छ।
‘विश्वभरका आम जनता एक हौं’ भन्ने प्रगतिशिल विचारमा आधारित पार्टी गठन गरेका हुन्। स्वतन्त्र सांसदको रूपमा राजनीति वृत्तमा शक्तिशाली नभएपछि उनले शक्ति आर्जन गरेर सरकारमा जान ‘सौदाबाजी’ गर्न आम जनता पार्टी गठन गरेको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ।
राजनीतिक विश्लेषक चन्द्रकिशोर भन्छन्, ‘कुनै पनि राजनीतिक दल संगठित स्वरुपमा भए विभिन्न शक्तिसँग सौदाबाजी गर्ने क्षमता बढ्छ। राजनीतिमा संगठित शक्तिले महत्व राख्छ।
त्यसै कडिको रूपमा यसलाई लिन सकिन्छ।’ मंसिर ४ को चुनावमा एमाले छोड्दै साह समूहबाट केहीले प्रतिनिधिसभा र प्रदेश सभामा विजयी भएका छन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १५ पुस २०७९, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुशीला र ओमप्रकाश अर्यालहरू केपी ओली र आरजुकै नयाँ भेरिएन्ट हुन्, यिनीहरूबाट निकास असम्भव : प्रभु साह
ठूला दलका नेतालाई बलपूर्वक विदाइ नगरे देश बन्दैन: प्रभु साह
एमालेले ओलीलाई अब अघि नलगाओस् : प्रभु साह
भ्रष्ट नेतालाई नहटाएसम्म मुलुक बन्दैन : प्रभु साह
राष्ट्रियता, लोकतन्त्र र मुलुकको अर्थतन्त्र जोगाउनका लागि सडक सङ्घर्षको विकल्प छैन : प्रभु साह
भारत र चीनका राजदूतहरूको कार्यसम्पादन मुल्यांकन गराैं: प्रभु साह