काठमाडौँ । सुदूरपश्चिमका प्रदेश सभाका सदस्यहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ लिँदैछन्।
आज सुरुमा प्रदेश सभाका ज्येष्ठ सदस्य, ६८ वर्षीय मानबहादुर रावलले प्रदेश प्रमुख देवराज जोशीबाट शपथ लिने कार्यक्रम रहेको छ।उनले शपथ लिएपछि दिउँसो साढे १ बजे प्रदेशसभा भवनमा अन्य ५२ जना प्रदेश सभा सदस्यहरुको शपथ हुने तयारी छ।
प्रदेश सभाका ६ जना सांसद्ले मातृभाषामा शपथका लागि नाम टिपाएका छन्। नागरिक उन्मुक्ति पार्टीका ५ जना र नेपाली कांग्रेसकी सांसद् गीता चौधरीले मातृ भाषामा शपथ लिन नाम टिपाएका छन्। अन्य सबै सांसद्ले नेपाली भाषामा नै शपथ लिने जनाइएको छ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १९ सांसद् छन्। यस्तै, माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ३, राप्रपाका १ र स्वतन्त्र १ जना सांसद् छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ पुस २०७९, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री शाहको छलफल
सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा
जनकपुरलाई हराउँदै सुदूरपश्चिम ‘प्लेअफ’मा
सुदूरपश्चिममा धान उत्पादन : क्षेत्रफल घट्यो, उत्पादकत्व वृद्धि
सुदूरपश्चिमका १३ क्याम्पसलाई आंगीक बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण
सुदूरपश्चिमको बजेट प्रदेश सभाबाट पारित