महान फुटबलर पेलेको निधन

एजेन्सी

शुक्रबार, १५ पुस २०७९, ०७ : ४२
महान फुटबलर पेलेको निधन

एजेन्सी । महान फुटबलर पेलेको ८२ वर्षको उमेरमा बिहीवार राति ब्राजिलको आओ पाउलोमा निधन भएको छ।

अल्बर्ट आइन्सटाइन अस्पतालले पेलेको निधन भएको पुष्टि गरेको हो । पेले  किड्नी र प्रोटेस्टको समस्यासँग केही वर्षयता जुधिरहेका थिए ।

पेले विश्वकप फुटबलको उपाधि तीनपटक जितेका छन् । पेलेले सन्  १९५८, १९६२ र १९७० को विश्वकप उपाधी ब्राजिललाई जिताएका थिए   ।

पेलेकी छोरी केलि नासिमेन्तोले सामाजिक सञ्जालमार्फत आफ्नो बुवाको निधन भएको जनाएकी छद्द् ।

पेलेले विश्वमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका छन्। उनले आफ्नो २१ वर्षे फुटबल करिअरमा १३६३ खेलमा कीर्तिमानी १२८१ गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस