पृथ्वी जयन्तीमा बिदा दिन राप्रपाको माग

सफल खबर संवाददाता

विहीबार, १४ पुस २०७९, ०८ : ५३
पृथ्वी जयन्तीमा बिदा दिन राप्रपाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पुस २७ गतेको पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन माग गरेको छ ।

सो पार्टीले पृथ्वी जयन्तीमा बिदा दिन माग गर्दै उनको सम्मानमा नेपाली नोटमा फोटो राख्न पनि माग गरेको हो । 

बुधबार बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समिति बैठकले राष्ट्र निर्माता पृथ्वी नारायण शाहको सम्मान सरकारले गर्नुपर्ने निष्कर्ष निकालिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस