जुवातासको खालबाट बाट १८ जना जुवाड पक्राउ

आइतबार, ०२ पुस २०७४, १३ : १६
जुवातासको खालबाट बाट १८ जना जुवाड पक्राउ

चितवन ।  प्रहरीले ललितपुरमा जुवातासको खालबाट आठ जनालाई पक्राउ गरेको छ । जिल्लाको गोदावारी नगरपालिका–३ की ४५ बर्षीया धनकुमारी तामाङको डेराबाट जुवातास खेलिरहेको अवस्थामा तामाङसहित ८ जनालाई पक्राउ गरेको हो । उनीहरुबाट ३ बुक तास र नगद २४ हजार ७ सय रुपैयाँ सहित आइतबार प्रहरीले जनाएको छ ।

त्यस्तै दाङको बबई गाउँपालिका–४ कन्चनपुर बस्ने बलिराम खत्रीको घरमा जुवातास खेलिरहेको अबस्थामा १० जना पक्राउ परेका छन् । बबई गाउँपालिका–६ बस्ने ३२ बर्षीय सेबेन्द्र देवकोटासहित १० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुबाट तास १ गड्डी, कौडा १४ थान र नगद १ लाख ३५ हजार ३ सय ९६ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा स्थानिय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस