काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई भेट्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली खुमलटार पुगेका छन् । बालकोटबाट ओली भर्खरै प्रचण्ड निवास खुमलटार पुगेको ओलीका प्रेस संयोजक रामशरण बजगाईले बताए ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड सरि नसकेकाले ओली खुमलटार पुगेका हुन् । अध्यक्ष ओली प्रचण्ड निवास जम्मा दुई पटक मात्रै पाइला टेकेका छन् । प्रचण्ड पुत्र प्रकाश दाहालको निधन हुँदा र तत्कालिन नेकपा विभाजन हुनुअघि खुमलटा पुगेका थिए । नेकपा विभाजन भएपछि पहिलो पटक ओली प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् ।
ओली प्रचण्डवीच मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल हुने स्रोतले जनाएको छ । तत्कालिन नेकपा खेमालाई समेत जोड्नेगरी प्रचण्डले प्रयास थालेका छन् । त्यसै अनुरुप बुधबार विहान नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रचण्डले भेटेका थिए । नेपाललाई सरकारमा सहभागी गराउने विषयमा छलफल भएको बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ पुस २०७९, ११ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डको सिस्नेमा मर्निङ वाक : सहिदका प्रतिमामा माल्यार्पण र स्थानीयको घरमा खाजा
प्रचण्ड : ‘टुरिष्ट’ होइन, ‘कर्मभूमि’ का उम्मेदवार
चुनबाङ पुगेर प्रचण्डले भने- यही बसेर ढाडमा टेकेर टाउकोमा हान्ने नीति बनाइन्थ्यो
जनयुद्ध दिवसमा प्रचण्डको अपिल: 'राष्ट्रिय संकट समाधान गर्न सबै शक्ति एक बनौँ'
नेपाललाई युक्रेन बनाउने मिसनबाट जोगायौँ : प्रचण्ड
‘फेरि काँग्रेस-एमालेसँग मिल्ने गल्ती दोहोर्याउँदिनँ’: प्रचण्ड