काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको योग्यतासम्बन्धी मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले पुस २२ का लागि पेसी तोकेको हो।
युवराज पौडेल (सफल) ले रवि लामिछानेले २०५० सालमा लिएको नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता नलिएको दाबी गर्दै उनी प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न नै अयोग्य रहेको दाबी गर्दै रिट निवेदन हालेका थिए।
त्यस्तै, अधिवक्ताद्वय रविराज बसौला र नाबीबाबु खत्रीले पनि लामिछानेको उम्मेदवार हुन आवश्यक पर्ने नेपाली नागरिकता नै नभएको दाबी गर्दै रिट हालेका थिए। उक्त रिटमा सर्वोच्च अदालतले पुस ६ गते अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। रिटमा सुनुवाइ गर्दै अदालतले ‘कारण देखाऊ’ आदेश जारी गरेको थियो।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार अदालतले पुस २२ गते दुवै पक्षलाई बोलाएर छलफल गर्नेछ। छलफललेअन्तरिम आदेश जारी गर्नेरनगर्नेबारे निर्णय गर्नेछ। सर्वोच्चको संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउत रहेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ पुस २०७९, १० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि
रास्वपा सभापति लामिछाने र अमेरिकी राजदूत गोरबीच दिल्लीमा भेट