काठमाडौं । विभिन्न तीन दल तत्काल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने भएका छन् । जनता समाजवादी पार्टी नेपाल (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टी तत्काल सरकारमा नजाने भएका हुन् ।
सात दलको समर्थन प्राप्त गरेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार प्रधानमन्त्री पदको शपथ लिँदा नेकपा एमाले, माओवादी केन्द्रm राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टीबाट गरी कुल ७ जना मन्त्रीले पनि शपथ लिएका थिए ।
तर, राप्रपा, जसपा र नागरिक उन्मुक्तिले भने तत्काल सरकारमा सहभागी नहुने प्रतिक्रिया दिएको हो । नागरिक उन्मुक्तिले पार्टी बैठकबाट यो निर्णय गरेको छ भने जसपाले राजनीतिक समितिको अर्को साता बस्ने बैठकले ठोस निर्णय गर्नेछ ।
यस्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार पार्टी सरकारमा जाने सम्भावना नरहेको बताएका थिए । पार्टीले बुधबारका लागि कार्यसम्पादन समितिको बैठक समेत बोलाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ पुस २०७९, ०८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विपक्षी दलहरुको बैठक बस्दै, अध्यादेश फिर्ता लिन सरकारलाई दबाब दिने
दलका नेता बनेपछि आङ्देम्बेले बोलाए पहिलो पटक विपक्षी दलहरुको बैठक
समानुपातिकमा दलहरुले छानेका यी हुन् ११० सांसद (नामसहित)
कुन दलले कति सिट जित्ला ?
मधेसी दलहरुको एकता समझदारी, तर अझै टुंग्गिएन पार्टी नाम, चुनाव चिन्ह्र र नेतृत्व
पार्टीभित्र हलचल : कुन कुन दल मिले ? कुन दल मिल्दैछन् ?