यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

मंगलबार, १२ पुस २०७९, ०८ : ३८
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ९५ पैसा र बिक्री दर १३२ रुपैयाँ ५५ पैसा पुगेको छ।

यस्तै, युरो एकको खरिद दर १४० रुपैयाँ १७ पैसा र बिक्री दर १४० रुपैयाँ ८१ पैसा रहेको छ र बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ १३ पैसा र बिक्री दर १५९ रुपैयाँ ८६ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ११ पैसा र बिक्री दर ३६ रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस