मुख्यमन्त्री राईलाई ऊर्जा मन्त्रालयको पनि जिम्मेवारी

सफल खबर संवाददाता

सोमबार, ११ पुस २०७९, १७ : १७
मुख्यमन्त्री राईलाई ऊर्जा मन्त्रालयको पनि जिम्मेवारी

काठमाडौं । प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश नं. १ सरकारमा रिक्त रहेको खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई तोकेका छन् ।  

नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (क) को अवस्था परी रिक्त हुन आएपछि प्रदेश नं. १ का मुख्यमन्त्री राईले सिफारिस गरेका थिए । 

निवर्तमान खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्री रामकुमार राई खोटाङबाट संघीय सांसदमा निर्वाचन भएपछि उक्त मन्त्रालय रिक्त रहेको थियो ।

प्रतिक्रिया दिनुहोस