काठमाडौँ। बागमती प्रदेशले बागमती प्रदेश आमन्त्रण क्रिकेट श्रृंखलाको पहिलो खेलमा आइतबार जित हात पारेको छ ।प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश, पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर र बागमती प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा भइरहेको श्रृंखलामा बागमतीको महिला टोलीले हङकङ क्रिकेट क्लबको महिला टोलीलाई २ विकेटले पराजित ग¥यो ।
मूलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको हङकङले २९.१ ओभरमा सबै विकेट क्षतिमा १७० रनको योगफल खडा गरेको थियो । हङकङका क्यानी च्यान र लेमन चेरीले समान ३१–३१ रन जोडे । ‘वोमन अफ म्याच’ बागमतीकी सोनी पाख्रिनले ५.१ ओभर बलिङ गर्दै ३० रन खर्चेर ४ विकेट लिइन् ।
जवाफमा बागमतीले ३९ ओभरमा ८ विकेट गुमाउदै १७१ रनको लक्ष्य पूरा ग¥यो । अस्मिता खरेलले ४२ तथा सलिना सिलवालले नटआउट २० रन जोडे । प्रतियोगिताको आयोजक परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीले अम्पायर रविन्द्र गुप्तालाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरे । अन्तिम तथा दोश्रो ४० ओभरको खेल सोमबार हुनेछ । डिसेम्बर २७ र २९ तारिखमा टी–२० खेल हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० पुस २०७९, ०५ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने
त्रिदेशीय क्रिकेट शृङ्खला : नेपाल र स्कटल्याण्ड खेल्दै
अफगानिस्तानसँगको रोमाञ्चक खेलमा नेपाल एक रनले पराजित
क्रिकेट खेल्न गएका बालक पोखरीमा बिलाए
पीएम कप क्रिकेटमा आज दुई खेल हुँदै