मकवानपुर । हेटौँडा– नारायणगढ सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनबाट हेटौँडातर्फ आइरहेको कन्टेनर र हेटौँडाबाट चितवनतर्फ गइरहेको ट्रक एकापसमा ठोक्किँदा कन्टेनर चालक सर्लाहीको बरहथवा नगरपालिका–१५ पिपराभिट्टाका गोविन्द चौधरीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई हेटौँडास्थित चुरेहिल अस्पताल पुर्याइएकोमा चिकित्सकले निजलाई मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ फागुन २०८२, १० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ग्यास बुलेट र ट्रक ठोक्किँदा दुई जना घाइते
ट्रक पल्टिँदा नारायणघाट-मुग्लिन सडक अवरुद्ध
धनुषामा दुई वटा ट्रक एकापसमा ठोक्किँदा आगो लाग्यो
दाउन्नेमा भुस बोकेको ट्रक पल्टियो, पूर्व-पश्चिम राजमार्ग एकतर्फी सञ्चालन