काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो अवैध सुनसहित सुडानी नागरिक पक्राउ परेका छन् । शुक्रबार विमानस्थल भन्सार कार्यालयले दुबईबाट आएका उनको लगेजबाट सुन बरामद गरेको हो ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेका अनुसार पक्राउ पर्ने सुडानी नागरिक मोहम्मद अहमद डफल्ला साराफेल्डिन रहेका छन् ।
२७ वर्षीय मोहम्मद फ्लाइ दुबईको फ्लाइटबाट आएका थिए । उनी भन्सार कार्यालयको नियन्त्रणमा छन् । पाण्डेले सुन तस्करीको विषयमा अनुसन्धान भइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ पुस २०७९, ०६ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द
१ किलो सुनसहित भारतीय नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरसफाइकर्मीको आन्दोलन, फोहरका थुप्रोले यात्रु हैरान
न्यून ‘भिजिबिलिटी’का कारण एक सातादेखि उडान प्रभावित
आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १६ घण्टा सञ्चालनमा आउने