काठमाडौं । रौतहटको गुजरा नगरपालिका–९, अमतवामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते छन् ।
मोटरसाइकल चालक गुजरा–१, मनहर्वाका ३२ वर्षीय तुफानी माझीको मृत्यु भएको हो । उनको उपचारका क्रममा चन्द्रपुर अस्पतालमा मृत्यु भएको जनाइएको छ । दुर्घटनामा सोही मोटरसाइकलमा पछाडि सवार २० वर्षीय सजकि माझी पनि घाइते भएका छन् । उनको चन्द्रपुर अस्पतालमै उपचार भइरहेको छ ।
गए राति करिब साढे १ बजे तुफानीले चलाएको ना४०प ५०३० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीचौकी सिमराभवानीपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ पुस २०७९, १० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु