काठमाडौं । रौतहटको गुजरा नगरपालिका–९, अमतवामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते छन् ।
मोटरसाइकल चालक गुजरा–१, मनहर्वाका ३२ वर्षीय तुफानी माझीको मृत्यु भएको हो । उनको उपचारका क्रममा चन्द्रपुर अस्पतालमा मृत्यु भएको जनाइएको छ । दुर्घटनामा सोही मोटरसाइकलमा पछाडि सवार २० वर्षीय सजकि माझी पनि घाइते भएका छन् । उनको चन्द्रपुर अस्पतालमै उपचार भइरहेको छ ।
गए राति करिब साढे १ बजे तुफानीले चलाएको ना४०प ५०३० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीचौकी सिमराभवानीपुरले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ पुस २०७९, १० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु, दुईजना घाइते
चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु