जनकपुरधाम । धनुषामा विङ्गर गाडी र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा धनुषाको शहीदनगर नगरपालिका–५ धवौली बस्ने २० वर्षीय अरुण मण्डल र २५ वर्षीय ज्ञानी मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु दुवैजना मोटरसाइकलमा सवार थिए ।
बुधबार साँझ ७ बजेको समयमा धनुषाको सबैला नगरपालिका १० सिमरारी र शहीदनगर नगरपालिकाको हौवाहीको बीच खण्डमा ना ५ ज ८४४० नम्बरको विङ्गर गाडी र ज। ११ प ५४७३ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो ।
एक युवकको घटनास्थलमै र अर्काको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको धनुषाका प्रहरीले जनाएको छ । दुवैजनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ पुस २०७९, ०९ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोर्चुगलमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु, १८ घाइते
सवारी दुर्घटनामा एक युवकको मृत्यु, दुई घाइते
गोरखा बस दुर्घटना अपडेट : २१ जना घाइते
डडेल्धुरामा जिप दुर्घटना, ४ जनाको मृत्यु
विराटनगरमा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
झापामा भ्यान दुर्घटना हुँदा ९ जना घाइते