सडक निर्माणमा ढिलाईका कारण स्थानियलाई धुलोको हैरानी

सफल खबर संवाददाता

विहीबार, ०७ पुस २०७९, ०७ : ५९
सडक निर्माणमा ढिलाईका कारण स्थानियलाई धुलोको हैरानी

परासी । ठेकदार सम्पर्कमा आएपछि बेलाटारी–कठहवाँ हुलाकी सडक बन्ने आशा जागेको छ । एक बर्षदेखि सम्पर्क विहिन रहेको ठेकदार अहिले सम्पर्कमा आपछि उक्त हुलाकी सडक निर्माणको कार्य पुनः शुरु हुने स्थानियमा आशा पलाएको हो । २०७७ सालमा शुरु भएको सडक निर्माणको कार्य गर्दा गर्दै ठेकदार विभिन्न बहाना देखाउदै सम्पर्क विहिन भएपछि निर्माण कार्य ठप्प बनेको थियो ।

सडक निर्माण कार्य ठप्प भएदेखि त्यहाँका स्थानियहरुले घाममा धुलोको हैरानी र बर्षामा हिलोको परेशानी खेप्दै आएका थिए । सडकमा बनाइएको ढलमा स्लाप नराख्दा ढलमा बच्चाहरु खस्ने, सडको गिट्टी उछिट्टिएर घाउ लाग्ने, सवारी साधन आउदाजादा धुलोले दिउसै बाटो अध्यारो बन्ने जस्ता समस्या रही आएको स्थानिय युवराज मौर्यले बताए । उनले भने, ठेकदारले सडक बनाउदा सब बेससम्मको काम गरे, पैसा छैन भन्दै एकबर्ष काम छोडी सम्पर्क विहिन भए । निर्माणाधिन सडकले हामी स्थानिय धुलोको हैरानी खेप्दै आएको र यात्रामा कठिनाई समेत भोग्दै आएको बताए ।

धुलोले हैरान स्थानियले त्यहाँका जनप्रतिनिधिहरुको ध्याकर्षण गराएपछि सो क्षेत्रका संघिय सांसद विनोद चौधरी, प्रदेश सांसद देवकरण कलवार र प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव समेतले सम्बन्धित निकाय मार्फत ठेकदारलाई सम्पर्कमा ल्याएर काम गराउन थालिएको प्रदेशसभा सदस्य देवकरण करलवारले जानकारी दिए । उनले भने, यो ठेकदार काम छोडेर भागेको भागे ग¥यो अहिले सम्पर्कमा ल्याएर काम गराउन थालिएको छ सम्भवत यहि बर्ष उक्त सडक पिच गराएर योजना सम्पन्न गर्ने हाम्रो उद्देश्य रहेको बताए । मुल हुलाकी सडक संग जोडिएको उक्त सब हुलाकी सडक बेलाटारी देखि कठहवाँसम्म कुल ९ किलामिटर दुरी रहेको छ । उक्त सडक निर्माणका लागि कन्टेक प्रा.लि. ठेकदार कम्पनीले करिब २७ करोडमा ठेक्का लिएको छ ।

सडकमा नाला भएको ठाउँमा १२ मिटर र नभएको ठाउँमा ७.५ मिटर चौडा पिच हुने स्टिमेटमा छ । सडकमा कुल ८ वटा कल्भर्ट छन भने ३ किलोमिटर नाला बनाउनु पर्ने रहेको छ । नाला गाउँ बस्तीमा मात्र बनाईने छ । ठेक्का म्याद सकिन लाग्दा पनि जम्मा ५० प्रतिशत काम भएको ठेकदार पक्षको साईट ईन्जिनियर कैलाश अधिकारीले जानकारी दिए । उनले भने, ‘‘सडक फराकिलो गरियो, सडकमा माटोफिलिङ्ग, सबबेसको काम भैसकेको छ, एउटा बाहेक अरु ७ वटै कल्भर्ट निर्माण भैसकेको, नालाको ८० प्रतिशत काम सकिसकेको बताउदै यसै आथिर्क बर्षमा पिच गरेर काम सम्पन्न योजना रहेको जानकारी दिए ।”

ठेकदार पक्षले सडक खसालिएको बेसको मेजरमेन्ट लिई रहेका छन यसै हप्तादेखि काम शुरु गर्ने ठेकदार पक्षले जनाएको छ । आयोजनाको म्याद थपका लागि ठेकदारले सम्बन्धित निकायमा पहल पनि गरिरहेको जानकारी पाइएको छ । अधुरो सडक बन्ने तरखरमा रहेको देख्दा स्थानिय खुशी भएका छन् ।