धादिङ । धादिङकाे गजुरी गाउँपालिका-२ काे बिहानी पम्प नजिक यात्रुबाहक बस र माइक्रो बस दुर्घटना भएका छन् ।मंगलबार भैरहवाबाट काठमाडौं जाँदै गरेको लु २ ख २६४४ नम्बरको यात्रुबाहक बस र काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको बा २ ख ४७६२ नम्बरको माइक्रोबस पृथ्वी राजमार्गको गजुरीकाे बिहानी पम्प नजिक एक-आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ।
यात्रुबाहक बस र माइक्रोबस एक-आपसमा ठोक्किदा अन्य १४ जना घाइते भएकाे प्रहरीले बताएकाे हाे । दुर्घटनामा घाइते भएकाहरूको उद्दार गरी केहीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । गम्भीर घाइते भएकाहरूलाई भने उपचारका लागि काठमाडौं पठाइएको छ ।
साेही दुर्घटनामा परी मृत्यु हुनेको पहिचान नखुलेकाे प्रहरीले बताएकाे छ
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ पुस २०७९, १४ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कञ्चनपुरमा बस दुर्घटना, एकजनाको मृत्यु
धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ७ जना घाइते
बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४० जनाभन्दा बढी घाइते
पोखरामा नगर बस दुर्घटना, २३ जना घाइते
मुग्लिन-पोखरा सडकखण्डको ऐना पहरामा बस दुर्घटना
सङ्खुवासभामा बस दुर्घटना, १४ जना घाइते