धादिङ । धादिङकाे गजुरी गाउँपालिका-२ काे बिहानी पम्प नजिक यात्रुबाहक बस र माइक्रो बस दुर्घटना भएका छन् ।मंगलबार भैरहवाबाट काठमाडौं जाँदै गरेको लु २ ख २६४४ नम्बरको यात्रुबाहक बस र काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको बा २ ख ४७६२ नम्बरको माइक्रोबस पृथ्वी राजमार्गको गजुरीकाे बिहानी पम्प नजिक एक-आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ।
यात्रुबाहक बस र माइक्रोबस एक-आपसमा ठोक्किदा अन्य १४ जना घाइते भएकाे प्रहरीले बताएकाे हाे । दुर्घटनामा घाइते भएकाहरूको उद्दार गरी केहीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । गम्भीर घाइते भएकाहरूलाई भने उपचारका लागि काठमाडौं पठाइएको छ ।
साेही दुर्घटनामा परी मृत्यु हुनेको पहिचान नखुलेकाे प्रहरीले बताएकाे छ

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ पुस २०७९, १४ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैतडी बस दुर्घटना अपडेट : १७ जना घाइते, दुईको अवस्था गम्भीर
बैतडीमा बस दुर्घटना, थप विवरण आउन बाँकी
वीपी राजमार्गमा भएको बस दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन
वीपी राजमार्गमा बस दुर्घटना, उद्धार कार्य जारी
रामेछाप बस दुर्घटनाबारे गृहमन्त्रीले लिए उपचाररत घाइतेको अवस्थाबारे जानकारी
धादिङ बस दुर्घटना: मृत्यु हुनेको संख्या १९ पुग्यो, नौ जनाको पहिचान