काठमाण्डौं । उपचारका सिलसिलामा चीनमा रहेका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्त आज स्वदेश फर्कंदै छन् ।
स्वास्थ्यमा सन्तोषजनक प्रगति भएपछि उनी फर्कन लागेका हुन् । पुन चाइना साउथर्न एयरलाइन्सको नियमित उडानबाट गोन्झाओ हुँदै अपराह्न १ बजे अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम छ ।
वंशाणुगत जण्डिशबाट पीडित पुन चुनावी धपेडीका कारण रोग बल्झिएपछि गत १६ मंसिरमा नेपाली चिकित्सकहरुको परामर्शमा फलोअप उपचारका लागि चीन गएका थिए । उनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार भएको हो ।
पुन पत्नीसमेत रहेकी पूर्वसभामुख एवं माओवादी स्थायी समिति सदस्य ओनसरी घर्तीले उनको स्वास्थ्यमा सन्तोषजनक सुधार भएको जानकारी दिइन् । नेपालबाट जाँदा पुनमा निन्द्रा नलाग्ने, शरीर चिलाउने, लगातार खोकी लाग्ने र खानामा अरुची तथा बान्ता हुनेजस्ता स्वास्थ्य समस्या थिए । उपचारपछि भने ती समस्या हटेको उनले बताइन् । उपचारमा जानुअघि पुनको शरीरमा जण्डिस (बिलरुबिन) को मात्रा २७ बिन्दु थियो ।
हाल बिलरुबिनको मात्रा घटेर १८ मा आएको छ । पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ । यसअघि गत वर्ष पनि रोगले च्यापेपछि उनको पहिला थाइल्याण्ड र पछि चीनमा उपचार गरिएको थियो ।
पुनको उपचारमा डा. चेन नेतृत्वको विशेषज्ञ टोली सहभागी थियो । चिकित्सकले बिलरुबिन नियन्त्रित अवस्थामा राख्न पर्याप्त आरामको जरुरत रहेको बताए पनि अत्याधिक राजनीतिक सक्रियताका कारण पुनलाई समयसमयमा रोगले सताउने गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ पुस २०७९, ०८ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बिचौलियाले प्रधानमन्त्री फेर्न थाले: वर्षमान पुन
संघीयताको आवधिक समीक्षा गर्ने बेला भयो : वर्षमान पुन
खेलाडीहरुले अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान उच्च बनाएका छन्ः वर्षमान पुन
नीतिगत निरन्तरताले लोडसेडिङ हट्यो : वर्षमान पुन
सरकारले संसद छलेर करका दर हेरफेर गरेर आर्थिक अपराध गर्योः सांसद पुन
विपक्षी दललाई तर्साउने र दबाउने प्रयास भयो : वर्षमान पुन