यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

सोमबार, ०४ पुस २०७९, ०८ : ०३
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३० पैसा र बिक्री दर १३२ रुपैयाँ ९० पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १४० रुपैयाँ ०३ पैसा र बिक्री दर १४० रुपैयाँ ६६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ ६५ पैसा र बिक्री दर १६१ रुपैयाँ ३७ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०२ पैसा र बिक्री दर ३६ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस