यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

आइतबार, ०३ पुस २०७९, ०८ : ५३
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३० पैसा र बिक्री दर १३२ रुपैयाँ ९० पैसा पुगेको छ भने युरो एकको खरिद दर १४० रुपैयाँ ४० पैसा र बिक्री दर १४१ रुपैयाँ ०३ पैसा रहेको छ।

यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ ६९ पैसा र बिक्री दर १६१ रुपैयाँ ४२ पैसा रहेको छ भने कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १८ पैसा र बिक्री दर ३६ रुपैयाँ ३५ पैसा रहेको छ।

यसैगरी, अट्रेलीयन डलर एकको खरिद दर ८८ रुपैयाँ ४७ पैसा र बिक्री दर ८८ रुपैयाँ ८७ पैसा रहेको छ भने क्यानडाको एकको खरिद दर ९६ रुपैयाँ ७७ पैसा र बिक्री दर ९७ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस