एजेन्सी । टर्कीको दक्षिणपूर्वी सानलिउर्फा प्रान्तमा शुक्रबार एउटा मिनी बस सिँचाइ नहरमा खस्दा कम्तीमा ६ जना गैरकानुनी आप्रवासीको मृत्यु हुनाका साथै अन्य पाँच जना घाइते भएका स्थानीय गभर्नरले बताएका छन् ।
घाइते आप्रवासीहरूको उपचार भइरहेको छ र तिनीहरूमध्ये केहीको अवस्था गम्भीर रहेको गभर्नर सालिह आयहानले बताएका छन् ।
मिनिबसबाट केही घाइते आफैं बाहिर निस्केका थिए भने केहीको घटनापछि स्थानीयको सहयोगमा उद्धार गरिएको गभर्नरले जानकारी दिएका छन् । मिनिबसमा जम्मा ३१ जना आप्रवासी सवार रहेको बुझिएको छ । घटनास्थलबाट भाग्न खोज्ने गाडीका चालकलाई स्थानीय अधिकारीहरूले समातेर हिरासतमा राखेका छन् ।
आठ करोडभन्दा बढी जनसङ्ख्या भएको टर्कीले ४० लाखभन्दा बढी शरणार्थीहरूलाई आप्रवासन सुविधा दिएको छ । केही आप्रवासीहरू वरपरको क्षेत्रको द्वन्द्वबाट भागेर टर्कीमा आउँछन् भने कोही टर्कीबाट युरोप जाने उद्देश्यले आउने गर्छन् ।
टर्कीको आन्तरिक मन्त्रालयले यस महिनाको सुरुमा सार्वजनिक गरेको जानकारी अनुसार हालसम्म सन् २०२२ मा दुई लाख १९ हजार ४५५ अनियमित आप्रवासीलाई पक्राउ गरेको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०२ पुस २०७९, १२ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
सुर्खेतमा फागुनमा ७६ सवारीसाधन दुर्घटना, चारको मृत्यु
तनहुँमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मनकामना दुर्घटना अपडेटः घाइतेको उद्धार ,७ जनाको घटनास्थलमै मृत्यु
दुर्घटनामा जिप चालकको मृत्यु