पोखरा । पोखरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पोखरा २५ हेमजामा पर्वतबाट सुन्तला बोकेर आउँदै गरेको ग२च २६८४ नम्बरको बोलेरो जीप अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा तनहुँकी ३७ वर्षीय बसन्ती मगरको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई उपचारका लागि पश्चिमान्चल क्षेत्रीय अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए । दुर्घटनामा अर्का एकजना घाइते भएका छन् ।
म्याग्दीको मंगला १ घर भइ पोखरा बस्दै आएका गजेन्द्र पुन घाइते भएर गण्डकी मेडिकल कलेजमा उपचार गराइरहेका छन् । जीपका चालक फरार रहेको र खोजी भैरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ पुस २०७९, १९ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनकामना जाँदै गरेको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु
मुगुमा जीप दुर्घटना, दुई जनाको मृत्यु
उदयपुर जीप दुर्घटना: मृतकको संख्या ७ पुग्यो, ८ को उद्धार
उदयपुरमा जीप दुर्घटना, ५ जनाको मृत्यु
भारतको मध्य भारतमा जीप दुर्घटना, १५ जनाको मृत्यु
अछाम जीप दुर्घटना अपडेट : एक नाबालकको मृत्यु, १४ जना घाइते [नामसहित]