लन्डन । भूतपूर्व गोर्खाहरूको मुद्दामा बेलायत र नेपालबीच जारी वार्तामा प्राविधिक स्तरको बैठक सम्पन्न भएको छ । लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा बिहीबार दुई छुट्टाछुट्टै सत्रमा वेल्फेयर र पेन्सनका विषयमा छलफल भएको नेपाली दूतावास लन्डनले जनाएको छ ।
दूतावासले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै वैठकमा भूपूगोर्खाहरूको औषधि उपचार, शिक्षा, रोजगारीलगायत कल्याणकारी विषयमा छलफल भएको जनाएको छ । बैठकमा नेपाली पक्षले उठाएका मागका सम्बन्धमा बेलायतस्थित रक्षा मन्त्रालयका पदाधिकारीहरूले आगामी दिनमा थप छलफल गर्न तयार रहेको बताएका थिए ।
बैठकमा नेपाल सरकारका तर्फबाट नेपाली दूतावासका सैनिक सहचारी रत्नबहादुर गोदार, द्वितीय सचिव रामबाबु नेपाल र भूपूगोर्खाको तर्फबाट जुद्धबहादुर गुरुङ, टिकेन्द्र देवान, उदयबहादुर गुरुङ, केशबहादुर गुरुङ र धर्म तामाङ सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ पुस २०७९, १२ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’
बेलायतमा शरण खोज्ने आप्रवासीको संख्यामा वृद्धि
नेपालमा जन्मेका सारु बेलायतको ननिटन बेडवर्थ बरोुको मेयर निर्वाचित
बेलायतका राजा चार्ल्ससमक्ष राजदूत घिमिरेद्धारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
विमानलाई पहाडको नजिकै लगेपछि पाइलट निलम्बित
बेलायती राजकुमारले गराए ब्रिटिश सेनामा भर्ती भएका नेपालीलाई शपथ