एजेन्सी । कोभिड १९ संक्रमणको छालहबीच चीनले सबैभन्दा बढी जोखिममा परेका मानिसहरूलाई फेरि खोप लगाउन सुरु गरेको छ । सरकारले कठोर कोभिड नीतिलाई केही खुकुलो बनाउने निर्णयसँगै संक्रमितको संख्या बढेकाले थप खोप लगाउने भएको हो ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि चीनको १ अर्ब ४० करोड जनसंख्यालाई पर्याप्त रूपमा खोप नदिइएको र अमेरिकाले चीनलाई संक्रमणको वृद्धिसँगै रोगविरुद्ध लड्न मद्दत गर्ने प्रस्ताव गरिरहेका बेला बेइजिङले खोप अभियान तीब्र पारेको हो ।
अनिवार्य परीक्षण तोड्दै र क्वारेन्टाइन नियमहरू सहज बनाउँदै गत बुधबार चीनले शून्य कोभिड नीति अन्त्य गरेको थियो । कठोर कोभिड नीतिले लाखौंलाई मानसिक रूपमा चिन्तित बनाउनुका साथै अर्थव्यवस्थालाई क्षति पु-याएको थियो ।
सरकारले ९० प्रतिशत जनसंख्याले खोप लगाएको जनाएको छ । उसले बुधबार ६० वर्ष माथिका र जोखिममा रहेका व्यक्तिलाई कोभिड १९ को दोस्रो बुस्टर डोज दिने घोषणा गरेको छ ।
पछिल्ला दिनमा चीनमा खोप अभियान तीब्र पारिएको छ । सरकारले मंगलबार एकै दिन १४ लाख ३० हजार जनलाई खोप लगाइएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २९ मंसिर २०७९, १४ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
चीन र उत्तर कोरियाबीच सहकार्य विस्तार गर्ने सहमति
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट