जुम्लामा डा. केसीको १५ औं अनशन

पत्रपत्रिकाबाट

शनिबार, १६ असार २०७५, ०८ : २३
जुम्लामा डा. केसीको १५ औं अनशन

काठमाडौं । डा. गोविन्द केसी आज (शनिबार)बाट अनशन बस्ने भएका छन् । चिकित्सा शिक्षा अध्यादेश पुरानै स्वरूपमा तत्काल जारी गर्न माग गर्दै डा. केसी अनशन बस्न लागेका हुन् । उनको यो १५औँ अनशन हो । आजको नयाँ पत्रिकामा समाचार छ ।

यसपटक डा. केसी जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बस्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय जुम्लाले भने डा. केसीलाई अनशन बस्न  रोक लगाएको छ । शुक्रबारबाट नै अनशन थाल्ने पूर्वयोजना भए पनि बाटोमा समस्या भएका कारण शनिबारका लागि मिति सरेको हो ।

चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने क्रममा सुधार अभियानको मर्म नै मर्ने गरी तोडमोड गर्न लागिएको भन्दै त्यसो नगर्न चेतावनीस्वरूप उनी अनशन बस्न लागेका हुन् । डा. केसीले सरकारी छात्रवृत्तिमा स्नातकोत्तर गरेका चिकित्सकको सेवाअवधि २ वर्ष हुनुपर्ने माग पनि गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस