अर्जेन्टिनाको जीतमा मेस्सीको कीर्तिमानै कीर्तिमान

एजेन्सी

बुधबार, २८ मंसिर २०७९, ०९ : ४९
अर्जेन्टिनाको जीतमा मेस्सीको कीर्तिमानै कीर्तिमान

एजेन्सी । मंगलबारसम्म जर्मनीका महान् खेलाडी लोथर माथाउस विश्वकपमा सबैभन्दा बढी खेल खेल्ने खेलाडी थिए । अब यो कीर्तिमान उनले लियोनेल मेस्सीसँग साझा गर्नुपर्ने भएको छ । अर्जेन्टिना कतारमा जारी विश्वकपको फाइनलमा पुगेसँगै अब मेस्सीसँग सो कीर्तिमान पनि भङ्ग गर्ने अवसर रहेको छ ।

सन् १९९८ देखि माथाउसको २५ खेलको कीर्तिमान कसैले तोड्न सकेको थिएन । उनले सन् १९८२ देखि १९८८ सम्म विश्वकप खेलेका थिए । यसबीच उनले सन् १९९० को विश्वकपको उपाधि समेत जितेका थिए ।

यता सन् २००६ बाट विश्वकप खेल्न थालेका मेस्सीको यो पाँचौँ विश्वकप हो ।  सन् २००६ मा ३ खेल खेलेका उनले सन् २०१० मा ५ खेल खेलेका थिए । सन् २०१४ मा फाइनलसम्म पुग्दा उनले ७ खेल खेले भने सन् २०१८ मा उनले ४ खेल मात्र खेल्न पाएका थिए । सन् २०२२ मा उनले ६ खेल खेलिसकेका छन् । मंगलबार राति क्रोएसियालाई हराउँदै मेस्सीले विश्वकपको उपाधि उचाल्ने दोस्रो मौका पाउँदैछन् । सन् २०१४ मा उनको सपना फाइनलमा पुगेर तोडिएको थियो ।

त्यस्तै, मेस्सी अर्जेन्टिनाका लागि विश्वकपमा सर्वाधिक गोलकर्ता बनेका छन् । क्रोएसियालाई ३–० ले हराउने क्रममा पेनाल्टीबाट गोल गर्दै ३५ वर्षीय मेस्सीले ग्याब्रियल बाटिस्टुटाको १० गोलको कीर्तिमान उछिनेका हुन् । उनले सन् १९९४, १९९८ र २००२ को विश्वकपमा खेल्दै सो कीर्तिमान बनाएका थिए । 

खेलको ३४ औँ मिनेटको मेस्सीको ११ औँ गोल  थियो । विश्वकपको इतिहासमा सर्वाधिक  गोलकर्ताको सूचीमा उनी छैटौँ स्थानमा उक्लेका छन्प । उनीभन्दा अघि मिरोस्लाभ क्लोस ९१६०, रोनाल्डो नाजारियो ९१५०, गर्ड मुलर ९१४०, जस्ट फोन्टानी ९१३० र पेले ९१२० मात्र अघि रहेका छन् ।

यो विश्वकपमा उनले ५ गोल गर्दै गोल्डन बुटको रेसमा पनि आफूलाई कायम राखेका छन् । कुनै पनि विश्वकपमा ५ गोल गर्ने उनी सबैभन्दा बुढो खेलाडी पनि हुन् । कतार विश्वकपमा उनीसँगै फ्रान्सका किलियान एम्बाप्पेले ५ गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस