काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मंगलबार साँझ ६ बजे बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । बा ३ ख ४३८५ बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।
गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीका अनुसार हालसम्म मृतकको सङ्ख्या १८ पुगेको छ। बसमा ३९ सवार थिए। मृतकमध्ये १३ जनाको दुर्घटनास्थल तथा ५ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो।
बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटना भएको अधिकारीले जानकारी दिए। उनका अनुसार घाइते सबैलाई उपचारार्थ बनेपास्थित शिर मेमोरियल र धुलिखेल अस्पताल पुर्याइएको छ।
अस्पताल दुर्घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर प्रयोग गरी उद्धार गरेको थियो। अझै मृतकको पहिचान हुन सकेको छैन। गम्भीर प्रकृतिको घाइते भएकाले तत्काल रेफरको तयारी भइरहेको जनाइएको छ। प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अध्यक्ष अधिकारीले बस तीव्र गतिमा थियो। बस मोडको भित्तामा ठोक्किएपछि सडकबाट केही तल खसेर दुर्घटना भएको थियो। दुर्घटनामा मृत्यु भएकाको शव धुलिखेल अस्पताल लगिएको छ।
यसैबीच गृहमन्त्री बालकृष्ण खाणले काभ्रेपलाञ्चोकको बेथानचोकमा चलालगणेशस्थानमा मंगलबार साँझ भएको दुर्घटनाका घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पतालसम्म पुर्याउने व्यवस्था गर्न गृह प्रशासन, काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीलाई निर्देशन दिएका छन्।
गृहमन्त्री खाणले गृहसचिव विनोदप्रकाश सिंहलाई उपचारका दुर्घटनाका घाइतेको उपचारका लागि जिल्लाको स्रोत र साधनले नपुग्ने भए मन्त्रालयबाट तत्काल व्यवस्था गर्न निर्देशन दिएका हुन्। प्रजिअ पाण्डेलाई थप स्रोतसाधन आवश्यक पर्ने भने मन्त्रालयमा लेखी पठाउन निर्देशनसमेत दिइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ मंसिर २०७९, ०८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिमलताल दुर्घटनाको एक वर्ष : ३९ यात्रुको अवस्था अझै अज्ञात
बैतडीमा जिप दुर्घटना : दुईको मृत्यु, छ जना घाइते
चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ जना घाइते