काठमाडौं । मानवअधिकार तथा शान्ति समाजले सरकारले ल्याएको अध्यादेश लोकतान्त्रिक मूल्य, विधिको शासन र संक्रमणकालीन न्याय प्रक्रिया विरुद्ध रहेको उल्लेख गरेको छ । समाजका तर्फबाट महासचिव रामकृष्ण बरालले मंगलबार जारी गरेको विज्ञप्तिमा सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संसोधन) अध्यादेश २०७९ जारी गर्न राष्ट्रपतिसमक्ष पेस गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भई संसद अधिवेशनको पूर्वसन्ध्यामा कामचलाउ सरकारले यस्तो अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास हुनुका साथै सार्वभौम संसदको अपमान पनि भएको विज्ञप्तिमा उल्लेख छ ।
‘अध्यादेश मार्फत ध्यान एकातिर मोडेर काम संक्रमणकालिन न्याय प्रक्रियालाई खण्डित गर्ने–तुहाउने, अदालतमा विचाराधिन मुद्धा फिर्ता लिने, पिडकहरुलाई आम माफी दिने र पुरस्कृत गर्ने नियतले प्रेरित छ । तसर्थ यो अध्यादेश हरेक दृष्टिले आपत्तिजनक छ’, विज्ञप्तिमा भनिएको छ ।
विगतमा जस्तै लोकतान्त्रिक मूल्य र मान्यतालाई लत्याउँदै स्वेच्छाचारी तवरमा ल्याइएको यो अध्यादेशको निन्दा गर्दै समाजले तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ मंसिर २०७९, १३ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अध्यादेशका बिषयमा कानुनमन्त्रीले दिइन् यस्तो प्रष्टीकरण
राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै राजनीतिक नियुक्ति पाएका १ हजार ५९४ पदाधिकारी पदमुक्त
राष्ट्रपति पौडेलद्वारा थप तीन अध्यादेश जारी
राष्ट्रपतिले फेरि जारी गरे अर्को अध्यादेश
विपक्षी दलहरुको बैठक बस्दै, अध्यादेश फिर्ता लिन सरकारलाई दबाब दिने
राष्ट्रपतिले बोलाए कानुनविद्, अध्यादेशबारे सुझाव माग्ने