अर्घाखाँची । श्रीमान्को घाँटी थिचेर हत्या गरेको आरोपमा अर्घाखाँचीको छत्रदेव गाउँपालिका–१, चिदिका तुमचौरकी लक्ष्मी नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।
उनले ७७ वर्षीय श्रीमान् बलबहादुर सार्कीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बलबहादुर र लक्ष्मीबीच मंसिर २४ गते साँझ घरायसी झगडा हुँदा बलबहादुरले श्रीमतीलाई कुटपिट गरेका थिए ।
रिसको झोकमा लक्ष्मीले कम्मरमा बाँधेको पटुका निकालेर श्रीमान्को घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी मुकुन्द रिजालले जानकारी दिए । लक्ष्मीले पासो लगाई घरको दोस्रो तलाको दलिनमा झुन्डाएर श्रीमान्लाई मारेको प्रहरीमा बयान दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ मंसिर २०७९, २० : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा कुमार थापा पक्राउ
युवकले गरे श्रीमतीको हत्या, छोरा पनि घाइते
दैलेखमा खुर्पा प्रहार गरी बुबाले गरे छोराको हत्या
दैलेखमा मादक पदार्थ सेवन गरेका बाबुले गरे आफ्नै छोराको हत्या
राजधानीको थानकोटमा चक्कु प्रहार गरि एक जनाको हत्या