डोल्पा । हिमाली जिल्ला डोल्पामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताबीच झडप हुँदा नौ जना घाइते भएका छन् । घाइते हुनेमा एमाले समर्थित ४ जना कार्यकर्ता घाइते भएका छन् भने माओवादी समर्थित ५ जना कार्यकर्ता घाइते भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
झडपमा परी एमाले समर्थित जगदुल्ला गाउँपालिका–३ थापागाउँका ४२ बर्षीय जालपा बोहोरा, ५० बर्षीया शान्ता बोहोरा, ३८ बर्षीया भद्र बोहोरा र सोही ठाउँमा १२ बर्षीया कृष्णजंग बोहोरा घाइते भएका छन् । यस्तै माओवादी समर्थित पालिकाको थापा गाउँका ५९ बर्षीया बिर्ख बोहोरा, १८ वर्षका लक्ष्मण बोहोरा घाइते भएका छन् । यस्तै ५४ वर्षका गोरसिह, १६ वर्षीया पबिन्द्र बोहोरा र २१ वर्षका जगत बोहोरा घाइते भएका छन् ।
प्रहरी चौकी माझगाउँलाई उद्धृत गर्दै प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार राती थापागाउँस्थित वडा कार्यालय नजिकका झडप भएको थियो । उनीहरूले मादक पदार्थ सेवन गरेका थिए भने सामान्य वादविवाद भई झै–झगडा हुँदा उनीहरू घाइते भएका हुन् । घाइतेको स्थानीय स्वास्थ्य चौकी झ्याकोटमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ मंसिर २०७९, १३ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संवैधानिक र लोकतान्त्रिक उपलब्धि रक्षाका लागि संवादमा आउन राजनीतिक दलहरूलाई एमालेको अपिल
भरतपुरमा एमाले पार्टी कार्यालयमा आगजनी
एमालेको केन्द्रीय कार्यालयमा आगजनी
एमाले मन्त्रीलाई राजीनामा नदिन प्रधानमन्त्रीको ह्विप
ओलीको झोले नबन्ने भन्दै एमाले छोड्नेको लर्काे
एमालेको भावी अध्यक्षमा ओली निर्विकल्प