डोल्पा । हिमाली जिल्ला डोल्पामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताबीच झडप हुँदा नौ जना घाइते भएका छन् । घाइते हुनेमा एमाले समर्थित ४ जना कार्यकर्ता घाइते भएका छन् भने माओवादी समर्थित ५ जना कार्यकर्ता घाइते भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
झडपमा परी एमाले समर्थित जगदुल्ला गाउँपालिका–३ थापागाउँका ४२ बर्षीय जालपा बोहोरा, ५० बर्षीया शान्ता बोहोरा, ३८ बर्षीया भद्र बोहोरा र सोही ठाउँमा १२ बर्षीया कृष्णजंग बोहोरा घाइते भएका छन् । यस्तै माओवादी समर्थित पालिकाको थापा गाउँका ५९ बर्षीया बिर्ख बोहोरा, १८ वर्षका लक्ष्मण बोहोरा घाइते भएका छन् । यस्तै ५४ वर्षका गोरसिह, १६ वर्षीया पबिन्द्र बोहोरा र २१ वर्षका जगत बोहोरा घाइते भएका छन् ।
प्रहरी चौकी माझगाउँलाई उद्धृत गर्दै प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार राती थापागाउँस्थित वडा कार्यालय नजिकका झडप भएको थियो । उनीहरूले मादक पदार्थ सेवन गरेका थिए भने सामान्य वादविवाद भई झै–झगडा हुँदा उनीहरू घाइते भएका हुन् । घाइतेको स्थानीय स्वास्थ्य चौकी झ्याकोटमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ मंसिर २०७९, १३ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बादलको अभिव्यक्तिप्रति एमाले उपाध्यक्ष पौडेलले जनाए आपत्ति
ओली र लेखकलाई पक्राउ गरेकोप्रति एमालेको आपत्ति, तत्काल रिहाइ गर्न संसद्बाट माग
एमाले राष्ट्रिय सभा संसदीय दलको नेतामा डा. प्रेम दंगाल चयन
एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने
एमाले दलकाे नेतामा भएन सहमति, थापा र नेम्वाङबीच प्रतिस्पर्धा
संसद अधिवेशनअघि एमाले संसदीय दलको बैठक आज