काठमाडौं । मकवानपुरमा एक महिलाको शव फेला परेको छ । इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ स्थित ज्यामिरेमा खाल्डोमा पुरिएको अवस्थामा सोही स्थानकी ३६ वर्षीय सरस्वती वाइबाको शव फेला परेको हो ।
शुक्रबार वाइबाका श्रीमान् वीरबहादुरले श्रीमती हराएको भनी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा खोजी गरिदिन भन्दै फोटोसहित निवेदन दिएका थिए ।
वीरबहादुर वाइबाले आफैँले खोज्ने क्रममा शनिबार साँझ श्रीमतीको शव खाल्डोमा पुरिएको अवस्थामा भेटिएको भन्दै प्रहरीलाई खबर गरेका थिए । अनुहार र कपडाको केही भागमात्र देखिने गरी खाल्डोमा पुरिएको अवस्थामा शव भेटिएको जनाइएको छ।
मकवानपुरका एसपी वामदेव गौतमले घटनाबारे अनुसन्धान सुरु गरिएको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ मंसिर २०७९, ०७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खोलामा शव फेला, दुई जना पक्राउ
काठमाडौँ र ललितपुरमा २ जनाको शव फेला
इजरायललाई थप दुई बन्धकको शव हस्तान्तरण
विपिन जोशीको शव भोलि काठमाडौँ ल्याइँदै
गंगा दाहालको घरमा जलेको अवस्थामा भेटियो शव
अटो दुर्घटनामा वेपत्ता यात्रुहरु मध्ये २ जनाको शव फेला