काठमाडौं । निर्वाचन आयोगले मंसिर २६ गतेसम्म समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गर्ने भएको छ । राजनीतिक दलले शनिबार बुझाएको नामावली जाँचबुझ गरेर सोमबार समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गरिने निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले बताए ।
मंसिर ४ मा सम्पन्न निर्वाचनमा संघीय संसदमा नेकपा (एमाले)ले ३४ सिट, नेपाली कांग्रेसले ३२ सिट, नेकपा (माओवादी केन्द्र)ले १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट, जनता समाजवादी पार्टी र जनमत पार्टीले ५/५ सिट समानुपातिकतर्फ प्राप्त गरेका थिए।
निर्वाचन आयोगले समानुपातिकतर्फबाट सांसद पनि निर्वाचित भएको एक हप्ता भित्र निर्वाचन सम्बन्धि सम्पूर्ण प्रतिवेदन राष्ट्रपति विद्या भण्डारी समक्ष बुझाउने स्पष्ट पारेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ मंसिर २०७९, १९ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने