काठमाडौं । निर्वाचन आयोगले मंसिर २६ गतेसम्म समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गर्ने भएको छ । राजनीतिक दलले शनिबार बुझाएको नामावली जाँचबुझ गरेर सोमबार समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गरिने निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले बताए ।
मंसिर ४ मा सम्पन्न निर्वाचनमा संघीय संसदमा नेकपा (एमाले)ले ३४ सिट, नेपाली कांग्रेसले ३२ सिट, नेकपा (माओवादी केन्द्र)ले १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट, जनता समाजवादी पार्टी र जनमत पार्टीले ५/५ सिट समानुपातिकतर्फ प्राप्त गरेका थिए।
निर्वाचन आयोगले समानुपातिकतर्फबाट सांसद पनि निर्वाचित भएको एक हप्ता भित्र निर्वाचन सम्बन्धि सम्पूर्ण प्रतिवेदन राष्ट्रपति विद्या भण्डारी समक्ष बुझाउने स्पष्ट पारेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ मंसिर २०७९, १९ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तोकिएको जरिवाना नबुझाएका ६ वटा राजनीतिक दलको दर्ता खारेज
निर्वाचन आयोगद्वारा समावेशी समूहको प्रतिशत निर्धारण
देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
निर्वाचन पर्यवेक्षण गर्न २७ राष्ट्रिय र चार अन्तर्राष्ट्रिय संस्थालाई आयोगले दियो अनुमति
निर्वाचन ८० दिन बाँकी, चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
चुनावी खर्च पारदर्शी बनाउन निर्वाचन आयोगको आग्रह