१९५० को सन्धिः खुला सीमाबारे विवाद के हो ?

पत्रपत्रिकाबाट

शुक्रबार, १५ असार २०७५, ०८ : २७
१९५० को सन्धिः खुला सीमाबारे विवाद के हो ?

नेपाल । भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)को नवौँ बैठक शुक्रबार बस्दै छ । इपिजीको म्याद २० असारमा सकिन लाग्दा यो बैठकलाई अन्तिम भनिएको छ ।

तर, इपिजीमा नेपाल–भारत सीमा नियमनसहित १९५० को सन्धिका दुई विषयमा सहमति हुन बाँकी छ । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

खुला सीमाबारे विवाद के हो ?
गत २१ र २२ असोजमा काठमाडौंमा बसेको इपिजीको पाँचौँ बैठकमा खुला सिमाना बन्द नगर्ने, तर आवतजावत अनुगमन गर्ने सहमति भएको थियो । नेपाल–भारत सिमानामा जनताको आवतजावत अनुगमन गर्ने संयन्त्र बनाउन दुवै पक्ष सहमत भएका थिए ।

तर, अन्तिम टुंगो भने लागेको थिएन । मोदीले पछिल्लो नेपाल भ्रमणमा खुला सिमानाका पक्षमा खुलेर बोलेका थिए । नेपालले सीमा नियमन गर्न चाहे पनि भारतले नचाहेको अर्थमा लिनुपर्ने इपिजी नेपाल पक्षका सदस्यहरूको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस