यी हुन सिके राउतको जनमत पार्टीबाट बन्ने समानुपातिक सांसद

सफल खबर संवाददाता

विहीबार, २२ मंसिर २०७९, २१ : ३१
यी हुन सिके राउतको जनमत पार्टीबाट बन्ने समानुपातिक सांसद

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकमा पठाउने सांसदको नाम छनोट गरेको छ । यो पार्टीले पहिलो आम निर्वाचनमा नै राष्ट्रिय पार्टी बन्दै पाँच जनालाई समानुपातिक प्रतिनिधित्व गराउन पाउने भएको छ । 

बिहीबार बसेको पार्टीको बैठकले समानुपातिकमा अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, बिनिताकुमारी सिंह र गोमा सापकोटालाई पठाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस