काठमाडौं । डोटीमा पछिल्लो समय चितुवा आतंक बढेको छ । मंगलबार चितुवाले एउटै गाउँका ६ जना माथि आक्रमण गरी घाइते बनाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जिल्लाको पूर्वीचौकी गाउँपालिका ५ बटाला गाउँका ६ जनामाथि चितुवाले आक्रमण गरेको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार चितुवाले मगंलबार साँझ ५ बजेतिर सो गाउँका ६ जनामाथि आक्रम गरेको थियो । घरको आँगनमा बसेका घरका सदस्यमाथि चितुवाले आक्रमण गरेको थियो ।
चितुवाको आक्रमणबाट स्थानीय शारदादेवी बटाला, उनका ४ वर्षका छोरा सिद्ध बटाला, सोही गाउँका २२ वर्षीया पुष्पा बटाला, १५ वर्षीया लाली बटाला, १० वर्षीया हसिना बटाला र किथ्थी गिरी घाइते भएको प्रहरीले जनाएको छ ।
सिद्ध बटाला र लाली बटालाको अवस्था केही गम्भीर भए पनि बाँकी अन्य घाइतेको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । घरको आँगनमा बसेका मानिस माथि चितुवाले आक्रमण गरेको वडाअध्यक्ष खड्क साउदले बताए ।
उनका अनुसार छोरालाई बचाउन गएकी आमा शारदालाई पनि चितुवाले आक्रमण गरेको थियो । घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल डोटी लगिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ मंसिर २०७९, ०८ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बन्दीपुरमा चितुवा समात्न प्राविधिक परिचालन
चितुवा आतङ्कले मेचीनगरवासी त्रसित
मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट आठ च्याङ्ग्रा मरे
तनहुँको बन्दीपुरमा चितुवा आतङ्क, सावधानी अपनाउन आग्रह
चितुवाको आक्रमणबाट बालकको मृत्यु
चितुवाले आक्रमण गर्दा बालकको मृत्यु