कर्णालीमा पहिलो दल बन्यो कांग्रेस, माओवादी दोस्रो

सफल खबर संवाददाता

मंगलबार, २० मंसिर २०७९, २१ : ३४
कर्णालीमा पहिलो दल बन्यो कांग्रेस, माओवादी दोस्रो

काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको पनि नतिजा आएको छ । कर्णाली प्रदेशमा ३२.७१ प्रतिशत मत प्राप्त गरी समानुपातिकतर्फ कांग्रेसले ५ सिट प्राप्त गरेको छ ।

त्यस्तै ३०.३६ प्रतिशत मत प्राप्त गरेको एमालेले पनि ५ सिट प्राप्त गरेको छ । त्यस्तै प्रत्यक्षतर्फ ९ सिट जितेको माओवादीले २४.४६ प्रतिशत मत ल्याएर ४ सिट प्राप्त गरेको छ । त्यस्तै नेकपा एस र राप्रपाले १र१ सिट प्राप्त गरेका छन् ।

समानुपातिक प्रणालीमा थ्रेसहोल्ड कटाउनका लागि प्रतिनिधिसभामा कुल सदर मतको ३ प्रतिशत र प्रदेशसभामा १.५ प्रतिशत प्राप्त गर्नुपर्नेछ । कर्णाली प्रदेशमा १.५९ मत प्राप्त गरे पनि नेपाल मजदुर किसान पार्टीले भने समानुपातिकतर्फ सिट प्राप्त गर्न सकेन ।

कर्णाली प्रदेशसभामा प्रत्यक्षतर्फ २४ र समानुपातिकतर्फ १६ जना सांसद निर्वाचित हुन्छन् । कर्णालीमा प्रत्यक्षमा ९ र समानुपातिकमा ५ गरी १४ सिटसहित कांग्रेस पहिलो दल बनेको छ ।

त्यस्तै प्रत्यक्षमा ९ र समानुपातिकमा ४ गरी १३ सांसदसहित दोस्रो दल बनेको छ । प्रत्यक्षमा ५ सिट र समानुपातिकतर्फ पनि ५ सिट जितेको एमाले तेस्रो दल बनेको छ ।कर्णालीमा सरकार बनाउन २१ सांसद आवश्यक पर्छ ।