राजीव गुरुङलाई विगतको आँखाले मात्रै हेर्नुहुँदैन : वेदुराम भुसाल

सफल खबर संवाददाता

मंगलबार, २० मंसिर २०७९, १६ : ३५
राजीव गुरुङलाई विगतको आँखाले मात्रै हेर्नुहुँदैन : वेदुराम भुसाल

काठमाडौं । एकीकृत समाजवादीको महासचिव डा. वेदुराम भुसालले मनाङ प्रदेशसभा ‘ख’बाट स्वतन्त्र रुपमा उम्मेदवारी दिएर विजयी भएका राजीव गुङलाई पार्टीमा प्रवेश गराएका छन् । पार्टी कार्यालयमा आज आयोजित कार्यक्रममा भुसालले गुरुङलाई स्वागत गरेका हुन् । 

सो क्रममा उनले गुरुङको विगत सर्वसाधारणले नरुचाउने कामसँग जोडिएको र अब सर्वसाधारणले रुचाउने काममा लाग्ने भन्दै प्रतिबद्धता जनाएकाले बताए । गुरुङ हाल गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री पनि हुन् । 

स्वतन्त्र रहेर जनताको काम गर्न असहज हुने हुँदा एकीकृत समाजवादीमा रहेर काम गर्ने गरी प्रवेश गरेको गुरुङद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘एक्लै रहनुभन्दा पार्टीमा आवद्ध भएर काम गर्न अझै सहज हुने भएकाले एकीकृत समाजवादीमा प्रवेश गरेको हुँ । पार्टीकोमार्गनिर्देशनअनुसार चल्नेछु ।उनी गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री गुरुङ पनि हुन् ।  

महासचिव भुसालले गुरुङलाई पार्टीमा प्रवेश गर्दै मानिसलाई विगतलाई मात्रै हेरेर मुल्यांकन गर्नु नहुने बताएका छन् । उनको विगतलाई भन्दा पनि वर्तमान र भविष्य हेर्नु पर्ने बताए । 

प्रतिक्रिया दिनुहोस