विश्वकप फुटबलमा लिग चरणका खेल आज सकिंदै

सफल खबर संवाददाता

विहीबार, १४ असार २०७५, १७ : ३७
विश्वकप फुटबलमा  लिग चरणका खेल आज सकिंदै

चितवन । विश्वकप फुटबलमा  लिग चरणका खेल आज सकिंदैछन् । आज समूह जी र एच. का चार खेल भएपछि समूह चरणबाट राउन्ड अफ सिक्सटिनमा पुग्ने सबै १६ टोलीको टुंगो लाग्नेछ ।

आज बेलुकी पौने ७ बजे समूह एच का दुई खेल हुनेछन् । भोल्गोग्राद एरिनामा जापान र पोल्यान्ड भिड्दा सामरा एरिनामा सेनेगलले कोलम्बियासंग खेल्नेछ । अर्को चरणमा पुग्न जापान र सेनेगलका लागि आजको खेल बराबरी गरे पुग्छ भने कोलम्बियालाई जित्नैपर्ने दबाब छ । आजै राति पौने १२ बजे समूह जी का दुई खेल हुनेछन् । बेल्जियम र इङ्ल्यान्ड भिड्दा ट्युनिसियाले पानामाको सामना गर्नेछ । समूहबाट बेल्जियम र इङ्ल्यान्ड अर्को चरणमा प्रवेश गरिसकेका छन् । दुई टोलीबीच आज हुने भिडन्तले समूह विजेताको टुंगो पनि लगाउनेछ ।

गएराति भएको खेलमा ब्राजिल विश्वकप फुटवलको समूह विजेता बन्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ । साविकको विजेता जर्मनी भने समूह चरणबाटै बाहिरिएको छ । गएराति भएको खेलमा सर्बियालाई २–० ले हराउ“दै ब्राजिल नकआउट चरणमा पुगेको हो । कोष्टारिकासंग २–२ को बराबरी खेलेको स्वीट्जरल्याण्ड भने समूह ईको उपविजेता बनेको छ ।

 

प्रतिक्रिया दिनुहोस