काठमाडौं । निर्धारित समयमा संसद् भवनको निर्माण नसकिने भएपछि अबको संसद् बैठक पनि भाडाकै घरमा बस्ने भएको छ। संसद् भवन सिंहदरबार परिसरभित्र बन्दै छ। आफ्नै भवन नहुँदा सचिवालयले बानेश्वरको भाडामा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बैठक राख्दै आएको छ।
संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमला निर्धारित समयमा भवन नसकिएकाले निर्वाचित संसद्को बैठक पनि पहिलेकै स्थानमा राख्नुपर्ने अवस्था आएको बताउँछन्। ‘नयाँ निर्वाचित भएर आउनेले पनि नयाँ भवन पाएनन्। अर्कोतिर सिंहदरबार र संसद् भवन एकै ठाउँमा नभई फरक दूरीमा रहँदा चुनौती छ,’ उनले भने।
पञ्चायतकालमा बनेको संरचनामा टालटुल गरेर पनि ठाउँमा अपुग हुने भएपछि संसद् बैठक बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भाडाको घरमा विगतदेखि नै चल्दै अएको छ। आफ्नै सुविधासम्पन्न भवन बनाउने उद्देश्यका साथ बनाउन थालिएको भए पनि कोभिडका कारण निर्धारित समयमा निर्माण सकिएको छैन। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० मंसिर २०७९, ०८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आन्दोलनरत चिकित्सकका माग सम्बोधन गर्न सांसदको माग
गृहमन्त्री बाठो हुनुहुँदो रहेछ, आफू र कमाइ जाेगाउन समिति बनाउनुभएछ: सांसद कार्की
निर्वाचन प्रणाली बदल्नुपर्छ : सांसद शाही
क्षति हुनुअघि नै इजरायल र इरानबाट नेपालीको उद्धार गर्न माग
सांसद थापाले च्याते बजेट किताब
रास्वपाका सांसद निलो रिबन लगाएर संसदमा