काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्वतन्त्रहरु एक हुने समय आएको बताएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध घेराबन्दी भएको भन्दै साम्पाङले स्वतन्त्रहरु एक हुने बेला आएको बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्- कथाले माग्यो अब ! स्वतन्त्रहरु एक बन्ने बेला आएको छ ! स्वतन्त्र मेयर बालेन शाहलाई जुन किसिमले घेरा बन्दीमा पारिएको छ, त्यो निन्दनीय छ ! यो बेला अरुले साथ देऊन नदेऊन तर मेरो साथ रहनेछ !'
पछिल्लो समय राजनीतिक दलका शीर्ष नेताहरुले बालेनको कामप्रति प्रश्न उठाउँदै आएका छन् । ति प्रश्नको जवाफ फर्काउने क्रममा बालेनका अभिव्यक्तिलाई लिएर मिश्रित प्रतिक्रियाहरू आइरहेको बेलामा हर्क साम्पाङ बालेनको पक्षमा देखिएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ मंसिर २०७९, ०८ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हर्क सङपाङको प्रश्न- यो देश ढुंगाहरूको हो या मान्छेको ?
सदनमा रक्षामन्त्रीलाई देखिएन, बोलाइयोस्: हर्क साम्पाङ
प्रधानमन्त्रीको अभिव्यक्तिबारे हर्क साम्पाङको प्रतिक्रिया : रेकर्ड हट्ने विश्वास, आन्दोलन जारी
सभामुखलाई हर्क साम्पाङको प्रश्न- सीमा विवादबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्ति रेकर्डबाट कहिले हट्छ ?
हर्क साम्पाङको प्रश्न- प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' ?
प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' : सभामुखसँग हर्क साम्पाङको माग