काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्वतन्त्रहरु एक हुने समय आएको बताएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध घेराबन्दी भएको भन्दै साम्पाङले स्वतन्त्रहरु एक हुने बेला आएको बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्- कथाले माग्यो अब ! स्वतन्त्रहरु एक बन्ने बेला आएको छ ! स्वतन्त्र मेयर बालेन शाहलाई जुन किसिमले घेरा बन्दीमा पारिएको छ, त्यो निन्दनीय छ ! यो बेला अरुले साथ देऊन नदेऊन तर मेरो साथ रहनेछ !'
पछिल्लो समय राजनीतिक दलका शीर्ष नेताहरुले बालेनको कामप्रति प्रश्न उठाउँदै आएका छन् । ति प्रश्नको जवाफ फर्काउने क्रममा बालेनका अभिव्यक्तिलाई लिएर मिश्रित प्रतिक्रियाहरू आइरहेको बेलामा हर्क साम्पाङ बालेनको पक्षमा देखिएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ मंसिर २०७९, ०८ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हर्क साम्पाङले मागे सुशीला कार्कीको राजीनामा
धरान पुगेर रोए हर्क साम्पाङ
हर्क साम्पाङले बोलाएको कार्यपालिका बैठक आज बस्दै
धराने जनतालाई बीमाबाट वञ्चित नगर्न आग्रह गर्दै बीमा बोर्डलाई हर्क साम्पाङको पत्र
४ करोड बजेटमा हर्क साम्पाङको असन्तुष्टि
भिजनबिनाको मान्छेलाई नेता नसम्झनु ! त्यो ठग हो: हर्क साम्पाङ