आइएमई पेको डिशहोम नकआउट तीन सय अफर, सहुलियतमा वल्र्ड कप प्याकेज

सफल खबर संवाददाता

शुक्रबार, १६ मंसिर २०७९, १४ : ४७
आइएमई पेको डिशहोम नकआउट तीन सय अफर, सहुलियतमा वल्र्ड कप प्याकेज

काठमाडौँ । आइएमई पेले डिशहोम नकआउट तीन सय अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकहरुले डिशहोमको वल्र्ड कप प्याकेज मात्र रू. ३०० मा आइएमई पे एपबाट खरिद गर्न सकिने छ ।

ग्राहकहरुले सो प्याकेजको भुक्तानी गर्दा एउटा प्रोमो कोड “KNOCKOUT” प्रयोग गर्नु पर्ने हुन्छ । जस मार्फत ग्राहकहरुले वल्र्ड कप प्याकेजको पूर्ण मुल्य रू. ५ सय ६५, तिर्दा रू. २ सय ६५ क्यासब्याक स्वरुप फिर्ता प्राप्त गर्न सकिने छ । 

यो अफर सिमित अवधिको लागि मात्र लागु हुनेछ र यस अफर मार्फत पहिलो ३०० ग्राहकहरुले मात्र सो प्याकेज क्यासब्याकमा खरिद गर्न सकिन्छ । 
 

प्रतिक्रिया दिनुहोस